१५ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले डिजिटल सदस्यता वितरण अभियान सुरु गरेको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर सदस्यता वितरण सुरु गरिएको हो । प्रविधिको विकासमा आएको परिवर्तनसँगै अगाडि बढ्न डिजिटल सदस्यता अभियान सुरु गरिएको अखिल क्रान्तिकारीले बताएको छ ।