घरबहाल कर उठाउँदै हुम्लाका गाउँपालिका

हुम्लाका गाउँपालिकाले घरबहाल कर उठाउन थालेका छन् । हुम्लाका सातवटा गाउँपालिकामध्ये सिमकोट गाउँपालिकाले घरबहाल कर उठाउन थालिसकेको छ भने खार्पुनाथ गाउँपालिकाले चालू आर्थिक वर्षभित्रै सुरु गर्ने भएको छ । अन्य पाँचवटा गाउँपालिका नाम्खा, सर्केगाड, चङ्खेली, अदानचुली र ताँजाकोटले चाँडै सुरु गर्ने जनाएका छन् । ती गाउँपालिका घरबहालमा बस्ने निकाय निकै कम भएकाले घरबहाल कर सङ्कलनमा त्यति चासो नदेखिएको हो । संविधान तथा अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी यी गाउँपालिकाले आर्थिक ऐन बनाएर गाउँ सभाबाट ...