सानिमा बैंक Sanima Bank Limited ले ललितपुरको सानेपा र हरिसिद्धिमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । सानेपा कार्यालयको उद्घाटन ललितपुर महानगरपालिका वडा नं २ का अध्यक्ष राजेश कुमार महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले संयुक्त रुपमा गरेका हुन्। हरिसिद्धि कार्यालयको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले गरेका हुन् ।शाखा उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत दाहालले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका छन्। बैंकको सातै प्रदेशमा १०८ कार्यालय र ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।