मातृ भाषामा पार्टीको सपथ लिने व्यवस्था मिलाउन आग्रह

नेकपा माओवादी केन्द्रमा पार्टीको सपथ मातृभाषामा लिन पाउने व्यवस्था गर्न सुझाव आएको छ । बन्द सत्रमा उपत्यका विशेष प्रदेश समूहको छलफलबाट निस्किएका निष्कर्ष सुनाउँदै टोली नेता जगत सिम्खडाले पार्टी कमिटीमा कसैले मातृभाषामा सपथ लिन चाहन्छ भने त्यसबारे विधानमै व्यवस्था गरिनुपर्ने धारणा राखे ।