‘पेगासस’ प्रकरणः भारतका लागि नेपाली राजदूतको फोन ह्याक !

काठमाडौँ । ‘पेगासस स्पाइवेअर’ले भारतका लागि नेपाली राजदूतसहित विभिन्न देशका कूटनीतिज्ञको फोन पनि ह्याक गरेको हुन सक्ने बताइएको छ । इजरायली सफ्टवेयर पेगासेसमार्फत दिल्लीस्थित नेपालसहितका कूटनीतिज्ञको जासुसी गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमको समाचारमा उल्लेख छ ।

सम्बन्धित सामग्री

पेगासस जासुसीको निशानामा ५० देशका एक हजारभन्दा बढी

बीबीसी।खोज पत्रकारको समूहकाअनुसार विश्वका ५० देशका एक हजारभन्दा बढी मोबाइल नम्बर पेगासस जासुसीको सूचीमा रहेका छन्।ती सबै मोबाइन वाहकको फोन‘पेगासस स्पायवेयर’ मार्फत ह्याक गरी सम्बन्धित देशका सरकारले जासूसी गरेको सम्भावना उच्च छ।यो सूचीमा ६ सयभन्दा बढी नेता,सरकारी कर्मचारी, १८९ पत्रकार रहेका छन्।सूचीमा सबैभन्दा बढी मेक्सिको र साउदी अरबका छन्।यो सूचीमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यको नम्बर पनि छ।