काबुल विस्फोटमा १३ अमेरिकी नागरिकको मृत्युपछि आक्रमणकारीलाई नछाड्ने बाइडेनको चेतावनी

अफगानिस्तानको काबुल अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य प्रवेश द्वारमा भएको दुई शक्तिशाली आत्मघाती बम विस्फोटमा परी १३ अमेरिकी नागरिकको मृत्यु भएको छ। त्यसमध्ये १० अमेरिकी सेना भएको सिएनएनले जनाएको छ। बीबीसीले भने घटनामा १२ जना अमेरिकी सेना मारिएको जनाएको छ। अमेरिकी मरिन कर्पका प्रवक्ता मेजर जिम स्टेनजरले विस्फोटमा परी १८ जना घाइते…