जसपा बदरका लागि मुद्दा हाल्ने राजकुमार थापा को हुन् ?

जनता समाजवादी पार्टी (जसपा) नेपाल बदरको माग गर्दै राजकुमार थापाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । जसपाका नेतासमेत रहेका उनी जसपा गठन संविधान विपरीत भएको हुनाले आफूले सुरुदेखि यसको खारेजीको माग गर्दै आइरहेको बताउँछन् । जसपा गठन हुँदा जातीय तथा वर्गीय क्लस्टर नमिलाएको भन्दै थापाले निर्वाचन आयोगमा २०७७ असार ८ गते पनि निवेदन दिएका थिए । तर त्यति बेला त्यसमा कुनै सुनुवाइ भएन र त्यो मुद्दा त्यतिकै सेलाएर गयो । अहिले जसपामा आधिकारिकताका लागि विवाद चलिरहेको बेला आफूले सर्वोच्च अदालतमा पुनः मु