एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी, नागरिकता र श्रमिक अधिकार मुख्य एजेन्डा

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी छिन्।हाल एनआरएनएको उपाध्यक्षसमेत रहेकी थापाले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्। उनले संघको  २०२१–२०२३ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्।घोषणा सभामा बोल्दै थापाले एनआरएनए परिवर्तनका लागि पनि महिला नेतृत्वको आवश्यकता रहेको बताइन्। ‘२० बर्षको अन्तरालमा यसअघि जमुना गुरुङले कोशिस गर्नुभएको थियो