काठमाडौँ- नाबालिगमाथि बलात्कार अभियोग लागेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । नाबालिग बलात्कार मुद्दामा उच्च अदालतले धरौटीमा छाडेपछि सन्दीपलाई थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो । त्यसैगरी, लामिछानेले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । दुबै मुद्दामा आइतबार न्यायाधीश सपना […]