जनयुद्धका १२ शहीद परिवारलाई जनही १ लाख सहयोग

१९ फागुन, सप्तरी । मधेश सरकारले माओवादी जनयुद्धमा ज्यान गुमाएका सप्तरीका १२ जनाको परिवारलाई जनही १ लाख रुपैयाँ सहयोग गरेको छ । बिहीबार राजविराजमा आयोजित कार्यक्रममा सप्तरी जिल्लाका १२ जना शहीद परिवारलाई सम्मान गर्दै नगद सहयोग गरेको हो । मधेशी शहीद प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रतिष्ठानका अध्यक्षसमेत रहेका आन्तरिक मामिला तथा संचार मन्त्री भरत साहले […]

सम्बन्धित सामग्री

चलचित्रकर्मी कल्याण कोषमा उदित-दीपाको पाँच लाख सहयोग

काठमाडौँ । गायक–गायिका दम्पती उदितनारायण झा र दीपा   झाले नेपाली चलचित्रकर्मी कल्याण कोषका लागि सहयोग गरेका छन् । उनीहरुले  कोषका लागि ५ लाख १ सय एघार रुपैयाँ प्रदान गरेका हुन् ।  चलचित्र विकाश बोर्डमा

मेलम्चीका पाँच बाढीपीडित सब–डिलरलाई डिशहोमले दियो जनही १ लाख राहत

मेलम्चीका बाढीपीडित पाँच सब–डिलरहरूलाई डिशहोमले राहत सहयोग उपलब्ध गराएको छ । कम्पनीले मेलम्चीमा आएको बाढीका कारण क्षति पुगेका पाँच सब–डिलरलाई जनही १ लाख रुपैयाँ राहतस्वरुव प्रदान गरेको हो ।

मुसिकोटका उत्कृष्ट कृषि उद्यमी पुरस्कृत

गुल्मीको मुसिकोट नगरपालिकाले उत्कृष्ट १० र सर्वोत्कृष्ट ठहरिएका दुईजना कृषि उद्यमीलाई पुरस्कृत गरेको छ ।नगरपालिकाको आर्थिक सहयोग तथा दायित्व नेपाल नामक संस्थाको साझेदारीमा ‘नगरप्रमुख दायित्वः ग्रामिण उद्यम द्रुतिकरण कार्यक्रम २०७८’ अन्तर्गत उत्कृष्ट १० जना कृषि उद्यमीलाई जनही ५० हजारका दरले र सर्वोत्कृष्ट २ जनालाई जनही १ लाख रुपैयाँका दरले पुरस्कृत गरिएको हो ।उद्यम योजना तथा लगानी प्रस्तुतिकरण प्रतियोगितामा इस्मा गाउँपालिका–४, ढाँडा घर भई मुसिकोट नगरपालिका–१ पौदीअमराईमा क

मेलम्चीका बाढी पीडित सव–डिलरलाई डिसहोमको राहत

काठमाडौँ– गएको महिना असारको पहिलो सातामा आएको विनाशकारी बाढीका कारण सिन्धुपाल्चोकको मेलम्चीका बाढीपीडित सव–डिलरहरुलाई डिसहोमले राहत सहयोग गरेको छ। मेलम्चीका ५ जना सव–डिलरहरुलाई जनही १ लाख रुपैयाँ राहत स्वरुव प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ। डिशहोमको तर्फबाट रिजनल सेल्स म्यानेजर मनोज शर्मा र एरिया सेल्स म्यानेजर उज्वल न्यौपानेले राहत रकम हस्तान्तरण गरेका हुन्। बाढीबाट अति […]

मेलम्चीका बाढी पीडित सव–डिलरहरुलाई डिशहोमको राहत सहयोग

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीका बाढी पीडित सव–डिलरहरुलाई डिशहोमले राहत सहयोग उपलब्ध गराएको छ । डिशहोमको सुरुवाती समय देखि डिलरको रुपमा जोडिएका व्यवसायीले संचालन गरिरहेको पसलमा बाढीका कारण सम्पूर्ण सामानसँगै डिशहोमको उपकरण (एण्टेना, सेटअप बक्स) मा समेत क्षति पुगेपछि डिशहोमले सहयोग गरेको हो ।त्यस क्षेत्रमा रहेका डिशहोमका ग्राहकहरुलाई रिचार्ज तथा अन्य आवश्यक सहयोग उपलव्ध गराउन सहज होस् भन्ने उद्देश्यले प्रत्यक्ष रुपमा अति प्रभावित मेलम्चीका ५ जना सव–डिलरहरुलाई जनही १ लाख रुपैयाँ रा

श्रम गन्तव्य जोखिममा

कोरोना कहर काठमाडौं/इन्छन -दक्षिण कोरिया, कतार, यूएई, बहराईन, साउदी अरब लगायतका दूतावासले कोरोना भाइरस संक्रमण बढ्दो रुपमा रहेको जनाउँदै नेपालीहरुलाई सचेत रहन आवहन गरेका छन् । संक्रमण देखिएका अधिकांश श्रम गन्तव्यमा नेपालीको संख्या धेरै भएका कारण जोखिम भने कायम नै छ । श्रम गन्तव्यमा रहेका कुनै पनि नेपालीमा संक्रमण देखिएको आधिकारिक जानकारी नआए पनि फर्कने नेपाली र भिडभाडमा काम गर्ने नेपालीहरु भने उच्च जोखिममा रहेको देखिन्छ । कोरोना भाइरसका सम्बन्धमा साउदी अरब दूतावासले सूचना जारी गर्दै साउदी अरबको स्वास्थ्य मन्त्रालयले हालसम्म कसैमा कोरोना भाइरसको संक्रमण भएको छैन भनी जानकारी गराएको छ । खाडीका अन्य देशमा संक्रमण देखिएकाले साउदी जाने इस्लाम धर्मावलम्वीहरुका सबै प्रकारका भ्रमण अस्थायी रूपमा बन्द गरिएको छ । यस सम्बन्धी भिसा प्रकृया नै बन्द गरिएको छ । साउदी भ्रमणमा समा निर्धारण जनवादी गणतन्त्र चीन (ताइवान, हङकङ र मकाउ समेत) र इरानको भ्रमण गरेका कुनै पनि नागरिकले भ्रमण समाप्तिको १४ दिन पूरा भएपछि मात्र साउदी अरबको भ्रमण गर्न पाउने व्यवस्था गरिएको छ । “यो शर्त पूरा नगरेका नेपाली नागरिकहरु ती स्थानबाट साउदी अरब नआउनुहुन अनुरोध छ,” दूतावासद्धारा जारी सूचनामा भनिएको छ “ट्रान्जिटमा रहनेहरुका लागि पनि यो व्यवस्था लागू हुने छ ।” केही देशहरुबाट भ्रमण भिसा तथा पर्यटक भिसामा साउदी अरब जान अस्थायी रुपमा बन्द गरिएको छ । नेपालबाट भ्रमण भिसा तथा पर्यटक भिसामा साउदी आउनलाई भने हाललाई बन्द गरिएको छैन । यस प्रावधानले परिवारका सदस्यलाई साउदी अरब ल्याउने तयारीमा रहेका नेपालीले परिवारका सदस्य ल्याउन सक्ने जनाइएको छ । साउदी सरकारले साउदी सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोललाई कोरोना भाइरस परीक्षणको आधिकारिक प्रयोगशाला तोकेको छ । साउदीमा रहेका नेपालीहरुले रुघा खोकी लागेमा, ज्वरो आएमा तथा स्वासप्रस्वासमा समस्या देखिएमा साउदी सरकारले निर्धारण गरेको परीक्षणस्थलबाट सेवा लिन सक्ने दूतावासले जनाएको छ । आफूले काम गर्ने कम्पनीलाई समेत साउदी सरकारले तोकेको प्रयोगशालामा परीक्षण गराउन अनुरोध गर्न भनिएको छ । साउदी सरकारले देशका विभिन्न २५ वटा अस्पताललाई यो रोगको उपचारका लागि तयारी अवस्थामा राखेको र २ हजार २०० बेडहरुलाई क्वारेन्टाइन बेडका रुपमा व्यवस्था गरेको जनाइएको छ । साउदी अरबका केही छिमेकी मुलुकहरु संयुक्त अरब इमिरेट्स (यूएइ), कुवेत, बहराइन तथा कतारमा यो रोगका विरामीहरु फेला परेका छन् । तसर्थ, यी देशहरुको भ्रमण गर्नुपर्ने अवस्थामा पूर्ण सजगता अपनाउनु हुन अनुरोध गरिएको छ । कतारमा रहेका नेपालीलाई सचेत रहन अनुरोध कतारस्थित नेपाली दूतावासले समेत कतारको स्वास्थ्य मन्त्रालयले हेल्थ एडभाईजरी जारी गरेको जनाउँदै हालै इरानबाट उद्धार गरी ल्याएका कतारी नागरिकहरुमध्ये एक जना ३६ वर्षिय कतारी नागरिक (पुरुष) कोरोना भाइरस को बाट संक्रमित भएको पुष्टि भएको जनाइएको छ । संक्रामक नागरिकलाई सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा राखी उच्च निगरानी उपचार भईरहेको जनाएको छ । राजदूतावासले सूचना जारी गरी सतर्कता अपनाउन कतारमा रहेका सबै नेपाली नागरिकहरुमा अनुरोध गरेको छ । दूतावासले अत्यावश्यक अवस्थामा बाहेक विभिन्न अवसरमा आयोजना गर्ने कार्यक्रमहरु (वार्षिकोत्सव, पिकनिक, सांस्कृतिक कार्यक्रम, सम्मान समारोह आदि) हाललाई संचालन नगर्न र नगराउन अनुरोध गरेको छ । यसैगरी जापान, यूएई, बहराईन, कुबेत लगायतका दूतावासले समेत सचेत रहन नेपालीलाई अनुरोध गरेका छन् । उच्च जोखिममा कोरिया तर नेपाली सुरक्षित कोरियास्थित नेपाली कार्यरत आप्रवाशी कामदारहरुमा कोरोनाको लक्षण देखिएको छैन । यो समाचार तयार पार्दासम्म कोरियामा नेपालीहरु सुरक्षित छन् । कोरियामा कार्यरत नेपालीहरुका नेपालमा रहेका आफन्तहरु चिन्तित नरहन यहाँ कार्यरत नेपालीहरुले आग्रह गरेका छन् । एनआएनए कोरिया शाखाले सोमबार एक विज्ञप्ती प्रकाशित गर्दै यहाँ रहेका आप्रवाशीहरु हालसम्म सुरक्षीत रहेको जनाएको छ । राजधानी सउलबाट ३ सय ५० किलोमिटर दक्षिण थेगु सहरको सिन्छोन्जी चर्चबाट फैलिएको कोरोनाले त्यहाँ भने व्यापक रुप लिएको छ । दैनिक ३ देखि ५ सय जनासम्ममा कोरोना भाइरसको लक्षण देखिएको समाचारमाध्यमले जनाइरहेका छन् । कोरोनाबाट संक्रमित र मृत्यु हुने अधिकाशं चर्चका सदस्यहरु रहेका छन् । चर्चका प्रमुखले ली मानहीले सोमबार सार्वजानिक रुपमा माफि मागेका समाचार सस्थाहरुले जनाएका छन् । हालसम्म कोरोना संक्रमित हुनेहरु र निधन हुनेहरु अधिकांश वृद्धवृद्धा र बालबालिका मात्र रहेका छन् । सरकारले विद्यालयहरु, चर्चहरु, विवाह उत्सवहरु, पार्टी जन्मोत्सव जन्यलगायतका जमघटका कार्यक्रम नगर्न नागरिहरुसमक्ष अनुरोध गरेको छ । तर एकाधवाहेक अधिकाशं उद्योग, कलकारखानाहरु खुलिरहेका छन् । राष्ट्रपति मुन जेइनले संक्रमित क्षेत्र थेगुमा गएर नागरिकसमक्ष माफी मागिरहेका छन् । त्यसैगरि बजारमा मास्क नपाउँदा पनि उनले देशबासीसमक्ष माफी माग्दै स्वास्थप्रति सबै नागरिकहरु सचेत रहन आग्रह गरेका छन् । दक्षिण कोरियामा हालसम्म ५ हजार १ सय ३५ जना संक्रमित र २६ जनाले ज्यान गुमाएका छन् । ३१ जना निको भएर घर फर्र्किएका छन् । चीनको हुवेइ प्रान्तको वुहान सहरबाट निस्कएको कोरोना भाइरस यतिबेला दक्षिण कोरिया, इटाली, इरान, जापान, सिंगापुर, फ्रान्स, हङकङ, स्पेन, अमेरिका लगायत विश्वका ६८ देशमा फैलिएको छ । करिब २ महिनाको समयावधिमा कोरोनाबाट लाखौं नागरिक संक्रमित भएका छन् भने केही हजारले ज्यान गुमाएका छन् । विश्वभर संक्रमण बढ्दो छ । धेरै संक्रमित हुनेमा पहिलोमा चीन छ । जहाँ ८० हजार २८ जना संक्रमित भएका छन् भने २९ सय १२ जनाले ज्यान गुमाएका छन् । इरानमा ९३८ संक्रमित र ५४ जनाको ज्यान गुमाएका छन् । इटालीमा १६९४ जना संक्रमित र ३४ जनाले ज्यान गुमाएका छन् । भने जापानमा ९६२ जना संक्रमित र १२ जनाले ज्यान गुमाइसकेका छन् । लक्षणहरु ड्ड लगातार ज्वरो आउने । ड्ड खोकी लाग्ने । ड्ड श्वास फेर्न गाह्रो हुने । ड्ड निमोनिया हुने । ड्ड श्वासप्रश्वासका अन्य रोगहरुको संक्रमण हुने । ड्ड मिर्गौला फेल हुने । ड्ड रोगप्रतिरोधात्मक क्षमता कमी भएमा मृत्यु पनि हुने। कसरी बच्ने ? ड्ड सरसफाइमा ध्यान दिने । ड्ड धेरै मानिसहरु जमघट हुने ठाउँहरुमा नजाने । ड्ड मास्क लगाएर यात्रा गर्ने । ड्ड खोक्दा वा हाँच्छ्यु गर्दा अरुलाई नपर्ने तरिकाले नाकमुख छोपेर गर्ने। ड्ड बाहिर गएर घर फर्केपछि हातमुख साबुनपानीले धुने। ड्ड स्वास्थको ख्याल गर्ने । ड्ड हात नमिलाउने ड्ड संक्रमणको संका लागेमा तत्काल अस्पताल जाने बक्स सचेत रहन एनआरएनएको आह्वान गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आईएस) बैठकले कोरोना संक्रमण लगायत विभिन्न विषयमा छलफल गरेको छ । शनिबार सम्पन्न बैठकले विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरसबाट बच्न उच्च सतर्कता अपनाउन सबैलाई अपिल समेत गरेको छ । यसैगरी कुवेतमा काम गर्दागर्दै बालुवाले पुरिएर मृत्यु भएकाहरु प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै गम्भिर घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । बैठकले मृतक र घाईतेहरुको उचित क्षतिपूर्ति दिलाउनका साथै मृतकको शव यथाशिघ्र नेपाल पठाउनको लागि पहल गर्न नेपाल सरकारसँग माग गरेको छ । दुर्घटनामा मृत्यु भएका परिवार र गम्भिर घाईते भएका नेपालीहरुको लागि अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीहरुले सहयोग स्वरुप जनही १ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । गोपाल संग्रौला÷निकुञ्ज तिवारी