पहाड र तराईमा गरी २५ सीट दाबी गरेको जसपाले त्योभन्दा तल नझर्ने अडानसहित गठबन्धन छाड्ने चेतावनी दिइसकेको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पनि आफू विद्रोही शक्ति भएकाले ‘अपमान’ नगर्न भनिरहेका छन् । यहीबेला एमालेले सिंगल-सिंगल भिड्न भन्दै प्रचण्ड-माधव नबोक्ने त्यसका लागि ‘जेन्टलमेन्ट एग्रिमेन्ट’ गर्न तयार रहेको भनी कांग्रेससँग रणनीतिक प्रस्ताव गरेको छ ।