बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा बस्ने मगर समुदायले आफ्नै खाम भाषा बोल्न छाडेका छन् । नयाँ पुस्तामा मातृ भाषाप्रतिको मोह कम हुँदै जाँदा मौलिक खाम भाषा लोप हुने खतरा बढेको हो । निसीखोलाका नागरिकहरुको आ–आफ्नै भेषभूषा, भाषा र संस्कृति छ । पछिल्लो समय आधुनिकताले गर्दा उनीहरुको संस्कार संस्कृतिहरु विस्तारै हराउन थालेका छन् ।यहाँ बोलिने मगर […]