तातोपानी नाकाबाट आज दुईवटा कन्टेनर भित्रिए

सिन्धुपाल्चोक : तातोपानी नाकाबाट आज दुईवटा कन्टेनर भित्रिएका छन्। एउटामा कच्चा ऊन र अर्कोमा हाइड्रोलगायतका मेसिन भित्रिएको भन्सार अधिकृत लक्ष्मण बाँस्तोलाले जानकारी दिए।मङ्गलबारसम्म ११ कन्टेनर स्याउ, खुद्रा सामान तथा लसुन भित्रिएको पनि भन्सार कार्यालयले जनाएको छ। हिजो भने कुनै पनि समान नआएको बाँस्तोलाले जानकारी दिए। विसं २०७२ को भूकम्पपछि यो नाका सहज सञ्चालन हुन सकेको छैन। भूकम्पअघि दैनिक करोड बढी राजस्व तातोपानीबाट उठ्ने गरेको थियो।झण्डै एक महिना बढी समयदेखि कोभिड–१९ को सङ्क्रमण बढेक

सम्बन्धित सामग्री

खासाबाट दैनिक दुई कन्टेनर भित्रिँदै

तातोपानी नाका आंशिक रूपमा खुला भएको छ । अहिले यो नाकाबाट दैनिक दुई–तीन मालवाहक कन्टेनर नेपाल भित्रिने गरेका छन् ।तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका अधिकृत लक्ष्मण बास्तोलाले बिहीबार चीनको खासाबाट दुईवटा कन्टेनर भित्रिएको जानकारी दिनुभयो । उक्त दुई गाडीमध्ये एउटाले जलविद्युत् आयोजनाका उपकरण र अर्कोले ऊन लिएर आएको बास्तोलाले बताउनुभयो ।