काठमाडौँ। नेकपा एमालेले चौथो अन्तरपार्टी निर्देशन जारी गरेको छ। अन्तरपार्टी निर्देशनमा दशौं केन्द्रीय सल्लाहकार परिषद्को पछिल्लो विवरण समावेश गरिएको छ।
पार्टीको सल्लाहकार परिषद् ३०६ सदस्यीय गठन भएको छ भने सात सदस्यीय सचिवालय रहेको छ। केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षमा अमृतकुमार बोहरा छन्।