कांग्रेस महाधिवेशन : कञ्चनपुरका ९२ वडामा एक मात्र महिला सभापति

कञ्चनपुर:  नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि कञ्चनपुरका नौ स्थानीय तहका ९२ वडा मध्ये एक वडामा मात्रै महिला सभापति चयन भएका छन। अन्य ९१ वडामा पुरुष सभापतिमा चयन भएका छन।पुनर्वास नगरपालिका ३ मा बुद्धिमाया तामाङ्ग  मात्रै वडा सभापति भएकी छन्। यस अघि वडा सचिव रहेकी उनी सहमतिमा सभापति बनेकी हुन्।भीमदत्त नगरपालिका १७ मा वडा सभापतिका लागि चन्द्रकला पाठकले उम्मेदवारी दिइन्। भीनपा १७ की वडा समिति सदस्य रहेकी पाठक पदम बुढासित सभापतिमा पराजित भइन्। वडा सभापतिमा बुढाले ८१ र पाठकले २६ मत पाइ