पर्वत : पोखरा घुम्न जाने आन्तरिक पर्यटकहरूको पहिलो रोजाइमा पर्ने फेवा ताल हो भन्दा फरक नपर्ला। माछापुच्छ्रे हिमाल फेवातालमा तैरिरहेको दृश्य हेर्ने रहर बोकेर गएकाहरूलाई जलकुम्भीले दिएको कुरूपताले निराश बनाइदिन्छ।सुन्दर फेवातालमा शान्त देखिने पानीको सतहमा राखिएका डुङ्गा नै पुर्ने जस्तो गरी जलकुम्भीले सौन्दर्य बिगार्दा वेला वेला फेवाताल सरसफाइ अभियान चल्ने गरेका छन्।पोखरा महानगरपालिकाको आयोजनामा मंगलबार यस्तै अभियान सञ्चालन गरेर फेवातालको सुन्दरता फिर्ता दिइएको छ। महानगरपालिकाले ‘फे