ज्योति लाइफका संचालक जयन्त कुमार अग्रवाल राउन्ड टेबल इन्टरनेशनलको उपाध्यक्षमा निर्वाचित

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका संचालक जयन्त कुमार अग्रवाल शिक्षा र स्वास्थ्य क्षेत्र अन्तर्गत सामाजिक कार्यमा सक्रिय गैर नाफामूलक संस्था राउन्ड टेबल नेपालको तर्फबाट राउन्ड टेबल इन्टरनेशनलको उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । उनी उक्त पदमा निर्वाचित हुने पहिलो नेपाली हुन् ।अग्रवालले राउन्ड टेबल इन्टरनेशनलको उपाध्यक्षको कार्यकाल समाप्ती पछि राउन्ड टेबल इन्टरनेशनलका अध्यक्षका रुपमा कार्य गर्नेछन् । राउन्ड टेबल संसारको ६८ देशहरुमा क्रियाशील संस्था हो ।  

सम्बन्धित सामग्री

राउन्ड टेबल इन्टरनेशनलको उपाध्यक्षमा अग्रवाल

काठमाडौं (अस) । राउन्ड टेबल इन्टरनेशनलमा पहिलो पटक राउन्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्षमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड टेबल इन्टरनेशनललाई राउन्ड टेबल नेपालले लिड गर्न लागेको यो पहिलो पटक हो । राउन्ड टेबल संसारका ६८ देशमा क्रियाशील संस्था हो । राउन्ड टेबल नेपाल गैरनाफामूलक संस्था हो, जसले देशका विभिन्न जिल्लामा शिक्षा र स्वास्थ्य क्षेत्रमा सामाजिक काम गरिरहेको छ । हालसम्म राउन्ड टेबल नेपालले ३४८ कक्षा कोठासहित ५८ वटा विद्यालय निर्माण गरिसकेको छ । राउन्ड टेबल इन्टरनेशनलसँग आबद्ध सन् १९९९ मा स्थापना भएको राउन्ड टेबल नेपालको  हालसम्म नेपालभर ३० च्याप्टरमा ४५३ सदस्य छन् । ४० वर्ष उमेरपछि अनिवार्य अवकाश लिनुपर्ने नियम रहेको यस संस्थाको उद्देश्य युवालाई सक्रिय बनाउने र सामाजिक कार्यका लागि प्रेरित गर्ने रहेको छ । १८ देखि ४० वर्ष उमेर समूहका युवा मात्रै सक्रिय रहन पाउने यो संस्थाले राष्ट्रिय परियोजना फ्रिडम थ्रू एजुकेसन सञ्चालन गरिरहेको छ । राउन्ड टेबल नेपालले कक्षा १२ सम्म पढाइ हुने विद्यालय निर्माणमा हालसम्म २५ करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ । संस्थाले सञ्चालनमा ल्याएका विभिन्न स्वास्थ्य चौकीबाट हरेक वर्ष चारदेखि पाँच हजार बिरामीले निःशुल्क सेवा पाउनुका साथै रगत फेर्नुपर्ने ह्यालेसिनिया नामक रोगका बिरामीलाई लक्षित गर्दै चार वर्षदेखि उपचार प्रक्रियामा सघाइरहेको छ । त्यसैगरी कोरोना महामारीको प्रोजेक्ट लाइफ लाइनअन्तर्गत बिरामीलाई लक्षित गर्दै संस्थाले लगभग ३५ लाख बराबरको ३५ भीप्याप मेसिन विभिन्न अस्पताललाई हस्तान्तरण गरेको थियो