गत युरो २०२० मा खेल्दा कार्डियक अरेस्ट भएपछि क्रिस्टियन एरिक्सनलाई पहिलो पटक डेनमार्कको टोलीमा राखिएको छ। ३० वर्षीय प्लेमेकरलाई फिनल्याण्ड विरुद्ध हृदयघातपछि उनको मुटुमा प्रत्यारोपित कार्डियोभर्टर- डिफिब्रिलेटर (आइसिडी)- एक प्रकारको पेसमेकर - लगाइएको थियो।उनी इन्टर मिलानबाट रिलिज भएपछि जनवरीमा ब्रेन्टफोर्डमा अनुबन्ध भएका थिए । डेनमार्कले २६ मार्चमा नेदरल्याण्डमा र तीन दिनपछि सर्बियासँग घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ । एरिक्सन दुई खेल अघि स्पेनमा प्रशिक्षणका लागि आफ्ना अन्तर्राष्ट्रिय टोली