रसियामा १७ जना यात्रु बोकेको हवाईजहाज बेपत्ता

एजेन्सी। रसियामा १७ जना यात्रु बोकेको एक हवाईजहाज साइबेरियाको लागि उडान गरिरहँदा हराएको छ। रसियाको आपत्तकालिन सेनाको प्रादेशिक निकायका अनुसार एन २८ नामको हवाईजहाज शुक्रबार साइबेरियाको लागि उडान गरिरहँदा बेपत्ता भएको हो। उक्त उडानमा तीन जना चालक दलका सदस्यसहित १४ यात्रु छन्, जसमा चार बालबालिका रहेका छन्।