सामाजिक सञ्जालमार्फत ठगहरू सक्रिय, पक्का नगरि कारोबार नगर्न अनुरोध

काठमाण्डाै – सामाजिक सञ्जालमार्फत आर्थिक ठगी गर्ने क्रम बढिरहेको भन्दै नेपाल प्रहरीले सचेत रहन अनुरोध गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले एक विज्ञप्ति निकालेर प्रविधिको दुरुपयोगबाट हुने ठगीबाट बच्नका लागि सामाजिक सञ्जालमा आउने भ्रामक कुरामा विश्वास नगरि सतर्कता अपनाउन अनुरोध गरेको हो ।केही समयदेखि केही व्यक्ति तथा आपराधिक समूहले प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जालमार्फत चिट्ठा परेको भन्दै चिट्ठाबापतको रकम पाउनका लागि कर चुक्ता गर्न रकम चाहिने भएकाले बैङ्क तथा अनलाइनमार्फत पैसा जम्मा गर्न लगाइ ठगी ...