फोहोर प्रशोधन केन्द्र निर्माणमा ढिलाइ

तामझामका साथ सुरु गरिएको राजविराज नगरपालिका–१५ स्थित फोहोर प्रशोधन केन्द्र निर्माणमा ढिलाइ भएको छ । गत असार २५ भित्रै निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि हालसम्म पूरा हुन नसकेको हो । काम सक्न ६ महिना म्याद थप गरिएको छ ।