ललितपुर महानगरमा ७ ठाउँमा सूचना केन्द्र स्थापना

ललितपुर महानगरपालिकाका ७ स्थानमा सूचना केन्द्र स्थापना गरिएको छ । नगर प्रमुख चिरिबाबु महर्जनको निर्देशनमा नगर प्रहरी बलले विभिन्न स्थानमा गरी ७ वटा सूचना केन्द्र स्थापना गरेको हो । महानगरभित्रका सबै चासो, गुनासो र समस्याका विषयमा जानकारी लिन र दिन सूचना केन्द्रको स्थापना गरिएको नगर प्रहरी प्रमुख सिताराम हाछथुले रातोपाटीलाई बताए । उनका अनुसार जावलाखेल, लगनखेल, हरिसिद्धी, धापाखेल, नखिपोट, भैंसेपाटी र सानेपामा सूचना केन्द्रको स्थापना गरिनेछ । नगर प्रमुख हाछेथुले रिङरोड भित्र ३ र बाहिर ४ वटा सू