निर्वाचन आयोगको निर्णय सकारात्मक : उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री एवं नेकपाको ओली समूहका नेता ईश्वर पोखरेलले निर्वाचन आयोगले आइतबार गरेको नेकपा कानूनी रुपमा फुट्न नमिल्ने निर्णय सकारात्मक रहेको बताए ।

सम्बन्धित सामग्री

सर्वोच्च अदालत र निर्वाचन आयोगको निर्णय मान्य : उपप्रधानमन्त्री पोख्रेल

उपप्रधानमन्त्री इश्वर पोख्रेलले शक्ति पृथकीकरणको सिद्धान्त अनुसार सर्वोच्च अदालत र निर्वाचन आयोगको निर्णय आफूहरूकालागि मान्य हुने बताउनुभएको छ । प्रेस संगठन चितवनले मगलवार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै उहाँले संसद विघटन सम्वन्धी मुद्दामा सर्वोच्च अदालतको निर्णय र पार्टीको आधिकारीकता र चुनाव चिन्ह सम्वन्धी निर्वाचन आयोगको निर्णय आफूहरुकालागि मान्य हुने धारणा राख्नुभयो ।

निर्वाचन आयोगको निर्णय : प्रचण्ड–माधव हारेको ईश्वर पोखरेलको निष्कर्ष

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बारे निर्वाचन आयोगले गरेको पछिल्लो निर्णय र पार्टीको भविष्यबारे आफ्नो दृष्टिकोण सार्वजनिक गरेका छन् । मंगलबार फेसबुकमा लामो टिप्पणी लेख्दै उनले माघ १२ गते निर्वाचन आयोगले गरेको निर्णयले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखा परेको चरम अराजक, चरम गुटबन्दी र हावी हुन पुगेको फुटवादी गतिविधिका कारण सिर्जना हुन पुगेको गम्भीर अवस्थामाथि औंला ठड्याएको उल्लेख गरेका छन् ।निर्वाचन आयोगले आफ्नो फैसलामार्फत तत्कालीन नेकपा (एमाले) र