तुलसीपुर : सामुदायिक विद्यालयका छात्रालाई नि:शुल्क प्राविधिक विषय पढाइने

दाङ - दाङको तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई नि:शुल्क प्राविधिक विषय पढाउने भएको छ । उपमहानगरले सञ्चालन गरेको तुल्सीपुर बहु-प्राविधिक शिक्षालय मेट्रो कलेजसँग सम्झौता गरेर उपमहानगरका १९ वटै वडाका एसईई उत्तीर्ण छात्राहरुलाई कलेजमा सञ्चालित प्राविधिक विषय नि:शुल्क पढाउने व्यवस्था मिलाइएको उपप्रमुख माया शर्माले बताउनु भयो । स्मार्ट छोरी कार्यक्रमसँग जोडेर महिलालाई आर्थिक रुपमा बलियो बनाउन बजारमा बढी माग भएका प्राविधिक विषय अध्ययन गर्ने व्यवस्था मिलाइएको उपमहानगरले जनाएको छ । यस ...