काठमाडौं : इन्डोनेसियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन्। देशको पश्चिम कालिमान्थान प्रान्तमा सामुद्रीक आँधीका कारण १८ डुङ्गा पल्टिएको सरकारी अधिकारीको भनाइ छ। उद्धारकर्ताले बेपत्ता भएकाको खोजी तीव्र बनाइएको पनि उनीहरुले बताएका छन्। उद्धारकर्ताले ८३ जनालाई भने सकुशल उद्धार गरेका छन्।बन्दरगाहा नजिकै दुर्घटना भएका डुङ्गा भने नियन्त्रणमा ल्याइसकिएको अधिकारीले जानकारी दिएका छन्। खोजी तथा उद्धार जारी रहेकाले मृत्यु भएकाको सङ्ख्या अ