तनहुँमा साढे ६ हजारलाई डेंगु

तनहुँ : जिल्लामा दैनिक डेंगु संक्रमितको संख्या बढेको छ। दुई महिनाको अवधिमा ६ हजार ४८४ संक्रमित भएका छन्। स्वास्थ्य कार्यालय तनहुँका अनुसार संक्रमितमध्ये ५४ प्रतिशत महिला र ४६ प्रतिशत पुरुष रहेका छन्। कुल संक्रमितको ८४ प्रतिशत व्यास नगरपालिकामा मात्रै रहेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए। व्यास नगरपालिकामा सबैभन्दा धेरै वडा नम्बर १ मा एक हजार ३८६ जना रहेका छन्। वडा नम्बर २ मा एक हजार ३२८ जना संक्रमित भएका छन्। हालसम्म यहाँ डेङ्गुबाट चारजनाको मृत्यु भएको

सम्बन्धित सामग्री

डेंगु संक्रमितको संख्या साढे ६ हजार नाघ्यो

देशभर डेंगु संक्रमण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञसहितको बैठक बोलाएको छ । दिउँसो १ बजे बस्ने बैठकमा डेंगु नियन्त्रणबारे ‘गाइडलाइन’ तयार पारिनेछ । बैठकमा निजी अस्पताल, सरकारी अस्पताल, स्वास्थ्य कार्यालय,...