राजीव काफ्ले रिहाइको माग गर्दै माइतीघरमा आन्दोलन

अभियन्ता तथा समाजसेवी राजीव काफ्लेको रिहाइको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ । काफ्लेलाई बिनाकारण पक्राउ गरी थुनामा राखेको भन्दै प्रदर्शन भएको हो । अभियन्ता जोशेफ मदन कोइरालाले राजीव काफ्लेको तत्काल रिहाइ, औषधीय प्रयोग गाँजा उपलब्ध गराउन आवश्यक नियमावली तत्काल लागू गर्न तथा संघिय संसदमा दर्ता भएको गाँजा खेती तथा नियमन विधेयक तुरुन्त संसदमा टेबल गर्न माग गरे । माग संबोधन नभए आगामी सातादेखि देशव्यापी अनसन र धर्ना कार्यक्रम गर्ने कोइरालाले बताए । गाँजा राखेको आरोपमा काफ्लेलाई प्रहरी