राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले असार २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निस्काशन गरेरिसकेको कम्पनीले सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्काशन गरेको हो । कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये ७० हजार ९८८ कित्ता कर्मचारीहका लागि, १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको छ भने बाँकी रहेको २१ लाख ७६ हजार ९४० कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आज आइतबार बैंकिङ समयसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २१ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल छ ।