छाउपडीविरुद्ध ‘हराएकी म’

पश्चिम नेपालको कुनै एउटा गाउँको विद्यालयमा शिक्षक सुशिल विक आफ्ना विद्यार्थीलाई रजस्वलाबारे पढाइरहनु भएको छ । रजस्वला नियमित प्राकृतिक प्रक्रिया भएकोले यस्तो अवस्थामा स्वास्थ्यमा थप ख्याल गर्नुपर्ने र तागतिलो खानेकुरामा जोड दिनुपर्ने उहाँको सन्देश छ ।