काष्ठमण्डपको मूर्ति विवाद मुद्दा सर्वोच्चमा

काठमाडौं । काष्ठमण्डपको मूर्ति विवाद सर्वोच्च अदालत पुगेको छ । सम्पदा संरक्षणकर्मी तथा अधिवक्ता सञ्जय अधिकारीले धार्मिक आस्था बोकेका पुराना मूर्ति पुनर्स्थापनाको माग गर्दै सर्वाेच्चमा मुद्दा दर्ता गराएका हुन् । केही महिना पहिले काष्ठमण्डप पुनर्निर्माण समितिले पुरातत्व विभाग र हनुमानढोका दरबार हेरचाह अड्डाको स्वीकृति नलिएर काष्ठमण्डपमा मूर्ति परिवर्तन गरेको थियो । समितिले गोरखनाथ र काष्ठमण्डपको चार कुनामा...