एनभीए राष्ट्रिय भलिबल लिगको फाइनल समीकरण पूरा

काठमाण्डाै - सातौँ प्रधानमन्त्री कप एनभीए राष्ट्रिय भलिबल लिगको फाइनल समीकरण पूरा भएको छ ।  आज सेमिफाइनल चरणका खेल सकिएसँगै फाइनल खेल्ने टोलीको टुङ्गो लागेको हो । फाइनलमा महिलातर्फ नेपाल पुलिस क्लब र एपीएफ क्लब तथा पुरुषतर्फ नेपाल पुलिस क्लब हेल्प नेपाल खेल्ने भएका छन् ।  महिलातर्फ आज भएको  खेलमा न्यु डायमण्ड स्पोर्ट्स एकेडेमी नेपाल पुलिससँग पराजित भएपछि एपीएफ फाइनलमा पुगेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा यस अघि नै फाइनलमा पुगिसकेको पुलिसले न्यु&nbs...