अमेरिकाको अन्तिम सैन्य विमान अफगानिस्तानबाट उडेसँगै २० वर्षसम्म चलेको अफगान सैन्य मिशन पनि अन्त्यको घोषणा भएको छ। सन् २००१ मा अमेरिकाको न्युयोर्कस्थित ट्विन टावरमा गरिएको आक्रमणको बदला लिनका लागि अफगानिस्तानमा लुकेर बसेका अलकायदा प्रमुख ओसामा बिन लादेनको खोजीमा अमेरिका युद्धमा होमिएको थियो। तत्कालिन राष्ट्रपति जर्ज डब्लु बुसले अफगानिस्तानमा अमेरिकी सेना पठाएका थिए। यस अवधिमा अमेरिकाले युद्धका क्रममा महिला र पुरुष गरेर २ हजार ३०० सैनिक गुमायो। २० हजारभन्दा