प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएसँगै ‘हेभिवेट’ नेताहरूको गृह जिल्ला र निर्वाचन क्षेत्रको चुनावी गणितीय राजनीति बहसको विषय बनिरहेको छ । ०७४ को परिणाम र गत वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनको मत परिणामलाई आधार बनाएर निर्वाचन क्षेत्रको गणितीय हिसाब–किताब भइरहेको छ ।आज हामीले एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेसका शीर्ष नेता कृष्णप्रसाद सिटौला, महामन्त्री विश्वप्रकाश शर्मा र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको गृह जिल्ला झापाका ५ वटा निर्वाचन क्षेत्रको लेखाजोखा