माओवादी छोडेर स्वतन्त्र बसेका दाङका जीवन गौतम एमाले प्रवेश

दाङ–नेकपा माओवादी केन्द्रका दाङ जिल्ला ईञ्चार्ज जीवन गौतम नेकपा एमालेमा प्रवेश गरेका छन् । स्थानीय तह निर्वाचनको मनोनयनको केही दिन अघि गौतमले पार्टी छोडेको घोषणा गरेका थिए। पत्रकार सम्मेलन गर्दै आफु स्वतन्त्र रहेको जनाएका गौतम अहिले नेकपा एमालेमा प्रवेश गरेका हुन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई काठमाण्डौंमा स्वागत गरेका छन्। २०७४ को स्थानीय तह […]

सम्बन्धित सामग्री

माओवादीको दाङ जिल्ला इन्चार्जमा निर्मल आचार्य

काठमाडौँ। नेकपा माओवादी केन्द्रको दाङ जिल्ला इन्चार्जमा निर्मल आचार्यलाई चयन गरिएको छ। शनिवार लुम्बिनी प्रदेश समितिको बैठकले प्रस्तावित पोलिटब्युरो सदस्य आचार्यलाई दाङ जिल्ला इन्चार्जको जिम्मेवारी दिएको हो। यसअघि जिल्ला इन्चार्ज भएका जीवन गौतम एमाले प्रवेश गरेपछि आचार्यले जिल्ला इन्चार्जको जिम्मेवारी पाएका हुन्।

माओवादी दाङ जिल्ला इन्चार्जमा आचार्य

नेकपा माओवादी केन्द्रको दाङ जिल्ला इन्चार्जमा निर्मल आचार्य चयन भएका छन् । शनिवार लुम्बिनी प्रदेश समितिको बैठकबाट प्रस्तावित पोलिटब्युरो सदस्य आचार्यले दाङ जिल्ला इन्चार्जको जिम्मेवारी पाएका हुन । यसअघि जिल्ला इन्चार्ज भएका जीवन गौतम एमाले प्रवेश गरेपछि आचार्यले जिल्ला इन्चार्जको जिम्मेवारी पाएका हुन । आचार्य दाङ जिल्लाका स्थापित नेता हुन् । दोस्रो संविधानसभा २०७० सालमा झिनो मत अन्तरले नेपाली काँग्रेसका राजु खनालसँग पराजित भएका थिए । त्यसयता उनी चुनाव लड्ने अवसर पाएका छैनन् ।दाङ क्षेत्र नम्

माओवादी नेता जीवन गौतम एमालेमा प्रवेश

नेकपा माओवादी केन्द्रका नेता जीवन गौतम एमाले प्रवेश गरेका छन् । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई एमाले प्रवेश गराएका हुन् । त्यसक्रममा अध्यक्ष ओलीले एमालेमा रहेर मात्रै देशमा योगदान गर्न सकिन्छ भन्ने पुष्टि भएको बताए । दाङ जिल्लाका गौतम माओवादी नेता नारायणकाजी श्रेष्ठ निकट मानिन्छन् । उनी नेकपा माओवादी केन्द्रका दाङ इन्चार्ज तथा केन्द्रीय सदस्य थिए । स्थानीय तहको निर्वाचनमा मेयरको टिकट नपाएपछि पार्टीसँग रुष्ट बनेका थिए ।