साइपाल गाउँपालिकाका करिब ४० प्रतिशत जनता नागरिकताविहीन

बझाङ- बझाङमा मानवबस्तीको अन्तिम गाउँ हुन्- साइपालका बलौँडी र धुली। सेतीको मुहान नजिकै ठीक वारिपारि भएका दुई गाउँको सम्बन्ध नदीको बहाव घटेपछि मात्रै जोडिन्छ। नदीले छिमेकी दुई गाउँको भाषा, पहिरन, चालचलन, संस्कार, संस्कृति पनि छुट्याइदिएको छ। नियमित दुई गाउँको सम्पर्क नहुँदा यो अवस्था सिर्जना भएको हो। साइपाल गाउँपालिका-५ मा पर्ने बलौडीकी स्थानीय हुन्- केउडी बोहरा। […]