उहाँहरुले सरकारी विज्ञापन बाँडेर खाने जस्तो सोच्नुभएको हामीलाई भान भएको छ। अध्यक्ष,धिताल

नेपाल विज्ञापन संघ (आन) ले विज्ञापनको क्षेत्रमा एकद्वार नीतिलाई मान्य नहुने भन्दै विरोध गरेको छ । विज्ञापन बोर्डले ऐन, कानुन तथा निर्देशिका बनाउँदा विज्ञापन एजेन्सीको भुमिकालाई खुम्च्याइएको नेपाल विज्ञापन संघका अध्यक्ष सोम धितालले बताए । बोर्डले सरकारी विज्ञापन दामासाही तरीकाले बाड्नुपर्ने धारणा राखेकाले सञ्चारमाध्यमको प्रभाव, पहुँचका आधारमा दिनुपर्ने धितालले बताए ।

सम्बन्धित सामग्री

भान डाइकले इन्जुरी टाइममा गोल गरेपछि नेदरल्याण्ड्स विजयी

३० असोज, काठमाडौं । कप्तान भर्जिल भान डाइकले इन्जुरी टाइममा पेनाल्टीमा गोल गरेपछि नेदरल्याण्ड्सले युरो कप २०२४ छनोटमा महत्वपूर्ण जित निकालेको छ । भान डाइकको ९३औं मिनेट गोल मद्दतमा ग्रीसलाई १-० ले पराजित गरेको हो । यो जितपछि नेदरल्याण्ड्स ग्रीसलाई पछि पार्दै समूह बी को दोस्रो स्थानमा उक्लेको छ र युरोमा छनोट हुने सम्भावना बलियो […]

नेदरल्यान्ड्सका प्रशिक्षक भान गालले दिए राजीनामा

२५ मंसिर, काठमाडौं । विश्वकप फुटबलको क्वाटरफाइनलमा अर्जेन्टिनासँग हारेपछि नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान गालले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले भने, ‘म प्रशिक्षकको पदबाट राजीनामा दिन्छु । मैले यो पद केही समयको लागि मात्रै सम्हालेको थिएँ ।’ उनले अगष्ट ४ मा तेस्रो पटक नेदरल्यान्ड्सको प्रमुख प्रशिक्षकको रुपमा पद ग्रहण गरेका थिए । त्यसयता गालको […]

नेदरल्यान्ड्सका प्रशिक्षक भान गालले पद छाडे

एजेन्सी – नेदरल्याण्ड्सका मुख्य प्रशिक्षक लुइस भान गालले आफ्नो पदबाट राजीनामा दिएका छन् । फिफा विश्वकप कतार २०२२ मा अर्जेन्टिनासँग टाइब्रेकरमा ४–३ ले पराजित हुँदै विश्वकपबाट बाहिरिएपछि प्रशिक्षक गालले पद त्यागको घोषणा गरेका हुन् । तेस्रो पटक नेदरल्यान्ड्सको जिम्मेवारी सम्हालेका भान गालले टोलीलाई क्वाटरफाइनलभन्दा अघि बढाउन सकेन । भान गालले पछिल्लोपटक ४ अगस्ट २०२१ मा […]

डी मारिया ‘खराब प्रशिक्षक’ भान गालको सामना गर्दै

एजेन्सी – अर्जेन्टिनी विंगर एन्जल डी मारियाले गत वर्ष अर्जेन्टिनी मिडिया टिवाईसी स्पोर्ट्ससँग अन्तर्वार्ताका दौरान लुइस भान गाललाई आफ्नो करिअरकै सबैभन्दा खराब प्रशिक्षक रहेको बताएका थिए । सन् २०१४ मा रियल म्याड्रिडबाट ६० मिलियन पाउण्डमा म्यानचेस्टर युनाइटेड आएका डी मारियाको सम्बन्ध भान गालसँग राम्रो हुन सकेन । युनाइटेडका प्रशिक्षक रहेका भान गालले उनलाई त्यस वर्ष […]

प्रशिक्षक भान गाललाई क्यान्सर

बार्सिलोना तथा म्यान्चेस्टर युनाइटेडका पूर्व प्रशिक्षक लुइस भान गाललाई क्यान्सर देखा परेको छ । नेदरल्यान्ड्स राष्ट्रिय टोलीका प्रशिक्षक गालले आफुले प्रोस्टेट क्यान्सरको उपचार गराईरहेको बताएका छन् ।नेदरल्यान्ड्सको एक टेलिभमिज कार्यक्रममा आफूले क्यान्सरको उपचार गराइरहेको बताए । लामो समय प्रशिक्षको भूमिका निर्वाह गरेका भन गालले नेदरल्यान्ड्सलाई विश्वकपमा छनोट गराइ सकोका छन् ।

भान डाइक सन् २०२५ सम्म लिभरपुलमै रहने

लिभरपुलका डिफेन्डर भर्जिल भान डाइकले क्लबसँगको करार सन् २०२५ सम्म थप गरेका छन् । यसअघि ३० वर्षीय खेलाडीले सन् २०२३ सम्म करार गरेका थिए ।  भान डाइकसँगै ट्रेन्ट अलेक्सान्डर अर्नोल्ड, फाबिन्हो र एलिसनले क्लबसँग नयाँ करार गरिसकेका छन् । चोटका कारण भान डाइकले गत सिजन उनले मात्र पाँच वटा मात्र खेल खेल्न पाएका थिए ।प्रिसिजनमा टोलीमा समावेश भएका उनले नयाँ करार गरेपछि खुसी, उत्साहित र गौरवान्वित भएको बताएका छन् । लिभरपुलका लागि उनले हालसम्म १३० वटा खेल खेलेका छन् । उनी सन् २०१८ को जनवरीमा

भान हाल तेस्रो पटक नेदरल्याण्डको प्रशिक्षक नियुक्त

लुइस भान हाल तेस्रोपटक नेदरल्याण्डको पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । युरो २०२० को अन्तिम १६ मा चेक रिपब्लिकसँग पारजित हुँदै नेदरल्याण्ड बाहिरिएपछि फ्रांक डि बोरले राजीनामा दिएपछि ६९ वर्षीय भान हाल नियुक्त भएका हुन् ।भान हालले यसअघि सन् २००० देखि २००२ र त्यसपछि सन् २०१२ देखि २०१४ सम्म नेतृत्वको सम्हालिसकेका छन् । त्यसपछि उनी म्यान्चेस्टर युनाइटेड पुगेका थिए । सन् २०१६ मा क्लबले हटाएपछि उनी सक्रिय प्रशिक्षणमा थिएनन् ।उनले नेदरल्याण्डको नेतृत्व गर्न पाउनु गर्वको कुरा भएको बताए

भान हाल तेस्रो पटक नेदरल्यान्ड्सको प्रशिक्षकमा नियुक्त

एजेन्सी। लुइस भान गाल तेस्रोपटक नेदरल्यान्ड्स फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। ६९ वर्षीय भान हाललाई २०२२सम्मको लागि सम्झौता गरिएको नेदरल्यान्ड्स फुटबलले जनाएको छ। भान हालले पहिलोपटक २००० नेदरल्यान्ड्सको टिम सम्हालेका थिए। २००२मा टिम छाडेका भान हाल २०१२ मा फेरि डच टिममा फर्केका थिए। भान हालले बार्सिलोना, म्यानचेस्टर युनाईटेड, वायर्न म्युनिख, आयाक्सलगायत क्लबको प्रशिक्षक भएर काम गरिसकेका छन्।

चोटका कारण डच टिमका डोनी भान डी विकले युरोकप गुमाउने

एजेन्सी। नेदरल्यान्ड्सका मिडफिल्डर डोनी भान डी विकले युरोकप फुटबल गुमाउने भएका छन्। म्यानचेस्टर युनाईटेडका मिडफिल्डर भान डी विकले चोटको कारण युरोकप गुमाउने डच फुटबलले पुष्टि गरेको हो। युरोकपका लागि घोषणा गरेको टिममा परेका डी विकको स्थानमा नेदरल्यान्ड्स एफएले उनको स्थानमा अन्य खेलाडीलाई टिममा समावेश नगर्ने जनाएको छ। २४ वर्षे भान डी विकले नेदरल्यान्ड्सबाट १९ खेल खेलेका छन्।

नेदरल्यान्ड्सका कप्तान भान डाइकले युरो २०२० गुमाउने

एजेन्सी। नेदरल्यान्ड्सका कप्तान भर्जिल भान डाइकले युरोपियन च्याम्यिनसिप नखेल्ने भएका छन्। लिभरपुलका २९ वर्षे रक्षक भान डाइकको गत अक्टोबरमा घुँडाको सर्जरी गरेका थिए। "शारीरिक अवस्थाका कारण यो मेरो सही निर्णय हो," भान डाइकले भने, "देशको नेतृत्व गरेर युरोपियन च्याम्पियनसिप खेल्ने मौका गुमाउने भए।" युरोपियन च्याम्पियनसिप ११ जुनदेखी ११ जुलाईसम्म हुनेछ।