कुण्डकुण्ड माओवादी मुण्डमुण्ड स्वार्थ, तितरबितर शक्ति एक भए प्रचण्डलाई होला राहत?

काठमाडौंः माओवादी पृष्ठभूमिका नेतालाई बेलाबेलामा आपत् आइलाग्छ, कहिले टुटफुटले त कहिले आफ्नै बिगतले। तर यस पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै बोली कारण बन्यो, मा‌ओवादी तरंगित हुने। २०७६ को माघीमा प्रचण्डले टुँडिखेलमा भाषण गरेका थिए -द्वन्द्वमा मारिएकामध्ये ५ हजारको जिम्मा लिन्छु। ‘५ हजारको जिम्मा लिने’ लाइन समातेर द्वन्द्वको विषय अदालत पुग्यो,…