पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तान र नेपालबीचको सम्बन्धलाई अझ प्रवद्र्धन गर्न आफू तत्पर रहेको बताएका छन् । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँग मङ्गलबार भएको भेटमा उनले पारस्परिक सम्बन्ध प्रवर्द्धनका निम्ति नेपालसँग सहकार्य गर्न आफू उत्सुक रहेको बताउनुभएको इस्लामावादस्थित नेपाली राजदूतावासले जनाएको छ । राजनीतिमा प्रवेश गर्नुअघि स्वतन्त्र नागरिकका रूपमा आफूले गरेको नेपाल भ्रमणको स्मरण गर्दै प्रधानमन्त्री खानले सांस्कृतिक एवं भौगोलिक विविधताका कारण पाकिस्तान र नेपालबीच