जुम्ला – कर्णाली राजमार्ग अवरुद्ध हुँदा कक्षा १२ को ग्रेड वृद्धि अर्थात् पूरक परीक्षा केन्द्र जुम्लामै कायम गरिएको छ । जुम्ला घर भई विभिन्न जिल्लामा परीक्षा केन्द्र भएका विद्यार्थीको परीक्षा सडक अवरुद्ध भएर पुग्न नसकेपछि जुम्लामै कायम गरिएको हो । परीक्षा भाेलि र पर्सि हुँदैछ ।
जुम्लामा गएकाे असोज १९ गतेदेखि परेकाे अविरल वर्षाका कारण आएको पहिरोले कर्णाली राजमार्ग बन्द भएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालका अनुसार परीक्षाको समयमा राजमार्ग पहिरोले अव...