‘सरकारको गलत नीतिले अर्थतन्त्र अप्ठ्यारोमा’

विराटनगर। नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशद्वारा आयोजित दुईदिने कार्यशालामा सहभागी महासंघका जिल्ला तथा वस्तुगत संघका अध्यक्षहरूले मुलुकको अर्थतन्त्र मन्दी उन्मुख अवस्थामा पुग्नुमा सरकारको गलत नीति कारण भएको बताएका छन् । उनीहरूले अहिलेको विषम परिस्थितिका कारण कतिपय उद्योग व्यवसाय बन्द हुने अवस्थामा रहेको र सञ्चालनमा रहेका उद्योगले क्षमताको ४० प्रतिशतभन्दा बढी उत्पादन गर्न नसकेको बताए । मुलुकको अर्थतन्त्रको दुरवस्था सृजना हुनुमा सरकारको नीति, नियामक निकाय राष्ट्र बैंक एवं बैंक वित्तीय संस्थाको गलत नीति कारण रहेको ठहर गरिएको छ । कार्याशालापछि जारी संयुक्त विज्ञप्तिमा अर्थतन्त्रको अवस्था सुधारका लागि निजीक्षेत्र सरकार र सम्बद्ध निकायसँग सहकार्य गर्न तयार रहेको उल्लेख छ । लगानीमैत्री वातावरण बनाउन संघीय, प्रदेश र स्थानीय सरकारसहित नियामक निकायलाई उद्योगी व्यवसायीले आग्रह गरेका छन् । विज्ञप्तिमा उद्योगी व्यवसायीले दशैं, तिहार लगायत चाडपर्वमा ग्राहकलाई विशेष सहुलियतसहित सेवा प्रवाहका लागि आफूहरू प्रतिबद्ध रहने उल्लेख गरेका छन् । त्यस्तै कोशी प्रदेशको आर्थिक, सामाजिक तथा पर्यटन विकाससँग सम्बन्धित कार्यक्रममा निजीक्षेत्रको सहभागिता बढाउने, विभिन्न कार्यक्रम सञ्चालन गर्ने र यससम्बन्धी नीतिगत व्यवस्थाका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने भएका छन् । आन्तरिक तथा बाह्य पर्यटन र व्यावसायिक प्रवर्द्धनका लागि कोशी प्रदेशबाट अन्य प्रदेशमा हवाई सेवा सञ्चालनका लागि पहल गर्ने उद्योगी व्यवसायीको भनाइ छ । कोशी प्रदेशमा निजीक्षेत्रले आयोजना गर्ने मेला, महोत्सव, लगानी सम्मेलन लगायत प्रभावकारी बनाइने भएको छ । प्रदेशका ऐतिहासिक, पर्यटकीय एवं धार्मिक स्थलको प्रचारप्रसार र प्रवर्द्धनमार्फत आर्थिक गतिविधि चलायमान बनाउन पहल गरिने समेत विज्ञप्तिमा उल्लेख छ । 

सम्बन्धित सामग्री

प्रतिबन्ध र अस्थिर नीतिले बढ्दै अनौपचारिक अर्थतन्त्र

त्रिवि अर्थशास्त्र केन्द्रीय विभाग प्रमुख प्राडा शिवराज अधिकारीका अनुसार नेपालमा अस्थिर सरकार, अस्थिर नीति र सरकारले लगाउने प्रतिबन्धका समयमा अनौपचारिक अर्थतन्त्र फस्टाउने गरेको पाइएको छ ।

राष्ट्र बैंकको कठोर नीतिले अर्थतन्त्र सुधार हुँदै : गभर्नर अधिकारी

काठमाण्डौ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको कठोर नीतिका कारण नै अर्थतन्त्रमा सुधार आइरहेको दाबी गर्नुभएको छ ।  आज बुधवार नेपाल बैंक लिमिटेडको ८६ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले अर्थतन्त्र खस्किरहेको बेलामा सरकार र राष्ट्र बैंकले लिएका कठोर निर्णयबाट नै अर्थतन्त्र सुधारोन्मुख रहेको बताउनुभएको हो । उहाँले अप्रिय लाग्ने तर अर्थतन्त्र सुधारका लागि अत्यावश्यक नीतिगत निर्णय नगरेको भए अर्थतन्त्रमा सुधारको सङ्केत नदेखिनेसमेत दाबी गर्नुभयो ।  उहाँले भन्नुभयो, &lsqu...

राष्ट्र बैंकको कठोर नीतिले अर्थतन्त्र सुधारोन्मुखः गभर्नर अधिकारी

उनले अप्रिय लाग्ने तर अर्थतन्त्र सुधारका लागि अत्यावश्यक पोलिसिगत निर्णय नगरेको भए अर्थतन्त्रमा सुधारको संकेत नदेखिनेसमेत दाबी गरे। उनले विगतमा गरिएको पोलिसीगत निर्णयहरु अर्थतन्त्रलाई सुधार गर्न र स्थायित्व दिनका गरिएको स्पष्ट पारे।...

मौद्रिक नीतिले महँगी नियन्त्रण गर्न सक्दैन

मौद्रिक नीति मूलत: आर्थिक नीतिको सहयोगका लागि केन्द्रीय बैंकले तय गर्ने नीति हो । जसले वित्तीय स्थायित्व, मुद्रास्फीतिलाई नियन्त्रणमा राख्नेजस्ता विषयमा बढी जोड दिन्छ । तर, मौद्रिक नीतिले मौद्रिक उपकरण प्रयोग गरेर मुद्रास्फीतिलाई नियन्त्रण राख्न सक्ने अवस्था हाल नरहेको देखिन्छ । अनौपचरिक अर्थतन्त्र बढेको तथा अन्तर्राष्ट्रिय बजारमा पनि महँगी बढेका कारण मौद्रिक नीतिका उपकरणले गत […]

लोकरिझ्याइँ नीतिले टाट पल्टिएको श्रीलंकाको अर्थतन्त्र

-कौशिक बसु/ श्रीलंकाको अर्थतन्त्रको अवस्था हाम्रो आँखा अगाडि देखा पर्दा इतिहासदेखि नै उच्च जीवनस्तर र स्थायित्वसहितको थियो। त्यस्तो अर्थतन्त्र कसरी ढल्यो भनेर जो कोही सोध्ने गर्छन्। श्रीलंकाको उपलब्धि दशकौं अगाडिदेखिको हो। यसको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन ७० प्रतिशत थियो। जुन भारतको भन्दा बढी थियो र मानिसको औसत आयु पनि ७७ वर्ष थियो। जुन बंगलादेश, […]

मौद्रिक नीतिले आर्थिक गतिविधि घटाउँछ : चेम्बर

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले नेपाल राष्ट्र बैङ्कद्वारा गत हप्ता जारी मौद्रिक नीतिले मुलुकको समग्र आर्थिक गतिविधि घटाउने जनाएको छ । संस्थाद्वारा हिजो (आइतबार) विज्ञप्ति जारी गरी कर्जा विस्तारको लक्ष्यसमेत घटाउँदा अर्थतन्त्र नै सङ्कुचनमा पर्ने बताएको हो । अनिवार्य नगद अनुपात तीनबाट चारमा पुर्‍याइनु, वैधानिक तरलता अनुपातको सीमा वृद्धि हुनु एवं मुद्रा प्रदायको लक्ष्य […]

मौद्रिक नीतिले आर्थिक गतिविधि घटाउँछ : चेम्बर

नेपाल चेम्बर अफ कमर्शले नेपाल राष्ट्र बैंकद्वारा गतहप्ता जारी मौद्रिक नीतिले मुलुकको समग्र आर्थिक गतिविधि घटाउने जनाएको छ । संस्थाद्वारा आइतबार विज्ञप्ति जारी गरी कर्जा विस्तारको लक्ष्यसमेत घटाउँदा अर्थतन्त्र नै सङ्कुचनमा पर्ने बताएको हो । अनिवार्य नगद अनुुपात तीनबाट चारमा पु¥याइनु, वैधानिक तरलता अनुपातको सीमा वृद्धि हुनु एवं मुद्रा प्रदायको लक्ष्य १२ प्रतिशतमा घटाउनुले बजेटमा […]

अर्थतन्त्र सुधार्न सरकार अनिच्छुक

बजारमा अनुभव गरिएको महँगी राष्ट्र बैंकको तथ्यांकले नसमेटेका कारण पनि माघ मसान्तमा मुद्रास्फीति ५.९७ प्रतिशत देखिएको हो । चालू आर्थिक वर्षको सुरुवातदेखि नै अर्थतन्त्र संकुचनमा गएको छ । अघिल्लो सरकारले कोरोना कहरका बीच वित्त नीतिले डो-याउनुपर्ने अर्थतन्त्र मौद्रिक नीतिमार्फत डो-याउन खोजेको प्रतिफल चालू आर्थिक वर्षमा देखिएको हो । करिब दुईतिहाइको शक्तिशाली अघिल्लो सरकारले अर्थतन्त्रमा कुनै […]

समाजवादउन्मुख कि नियन्त्रित अर्थतन्त्र !

राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतशील बनाउँदै समाजवादउन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य हुनेछ समाजवादउन्मुख अर्थतन्त्रका बारे कर्मचारीले जान्नुपर्ने अर्थमन्त्रीले हालै बताएका छन् । अर्थमन्त्रीले कस्तो राजस्व नीतिले समाजवादउन्मुख अर्थतन्त्र हुन्छ सो कुरा कर्मचारीले जान्नैपर्ने हो भने । नेपालको संविधानले समाजवादउन्मुख अर्थतन्त्र भनेको छ । समाजवादको कुरा गरेको छ । समाजवादउन्मुख […]

स्थिर सरकारको अस्थिर नीतिले अर्थतन्त्र समस्यामा

प्रजातन्त्रमा संविधानप्रदत्त बाटो छलेर झ्यालबाट चढ्ने परम्पराले सरकार आफैं संविधानलाई च्यात्न अग्रसर देखिन्छ । विगत तीन वर्षदेखिको स्थिर सरकारको अस्थिर नीतिले मुलुकले ठूलोे मूल्य चुकाउनुपरेको छ । सोमबार संसद्बाट विश्वासको मत नपाई कामचलाउ भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा कति गल्ती गरे, आत्मसमीक्षा त नगर्लान्, किनकि संसद्मा जसरी उनले आफ्ना कामको बखान गरे, त्यसबाट […]