काठमाडौं । सरकारले विश्व बैंकबाट १३ अर्ब रुपैयाँ ऋण लिने भएको छ । ऋण लिनका लागि मन्त्रिपरिषद्को बैठकले स्वीकृति दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । विश्व बैक नेपालका लागि ठूलो दातृ निकाय हो । वन, कृषि, परियोजना निर्माण र रोजगारी सिर्जना लगायतका क्षेत्रमा विश्व बैंकले सहुलियतपूर्ण ऋण दिने गरेको छ ।