१४ औं महाधिवेशनका लागि ३५ दिनको समय बाँकी रहँदा नेपाली कांग्रेसको महाधिवेशन सर्ने देखिएको छ । तर, सभापति शेरबहादुर देउवालगायत नेताहरूले तोकिएको मितिमै महाधिवेशन गर्ने बताएका छन् ।
साउन १२ गते हुनुपर्ने वडा अधिवेशन प्रभावित भएसँगै भदौ १६ को महाधिवेशन प्रभावित हुने संकेत देखिएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना संक्रमणको ग्राफ हेरेर महाधिवेशन केही पर सर्न सक्ने बताए ।
‘भदौ १६ गतेका लागि ३५ दिनको समय बाँकी छ, महाधिवेशनको तयारी र कोरोना संक्रमणको ग्राफ हेरेर जिम्मेवार पार्टीले...