सत्तासीन नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले मुलुकमा असहज स्थिति देखिएको बताएका छन् । आइतबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले, ‘मैले अहिले देशमा सहज स्थिति देखेको छैन । संसद राम्रोसँग चल्न सकेन । लोकतान्त्रिक संस्थाहरु एक–एक गरेर कमजोर भइरहेको देखिएको छ । एकातिर अदालतको त्यो अवस्था छ । त्यसैले अहिलेको परिस्थितिलाई मैले सहज रुपमा हेरिरहेको छैन ।’सबैभन्दा अन्तिम आश्रयस्थलका रुपमा रहेको सर्वोच्च अदालतमा गम्भीर विवाद चलिरहेको पौडेलको भनाइ छ ।&n