काठमाडौँ – कलाकार पूर्णविक्रम शाह (पल शाह)लाई जबरजस्ती करणी अभियोगमा पुर्पक्ष थुनामा पठाउन तनहुँ जिल्ला अदालतले आदेश दिएको छ। जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले नाबालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको अभियोगमा पुर्पक्ष थुनामा पठाउन आदेश दिएको हो। शाहले एक नाबालिकालाई तनहुँमा एक रिसोर्टमा २०७७ चैत ७ गते करणी गरेको भन्दै पीडितका आफन्तले किटानी जाहेरी दिएका थिए। […]