बैतडी : बैतडीको पाटनस्थित विमानस्थलमा हवाई सेवा बन्द भएको एक वर्ष पूरा भएको छ। धनगढी–बैतडी–धनगढी साप्ताहिक रूपमा हुने गरेको हवाई सेवा गत चैतदेखि बन्द भएको हो।सातामा बिहीबार समिट एयरले उडान भर्दै आएकोमा गत वर्षको चैत १० गते यहाँ अन्तिमपटक उडान भएको थियो। त्यसयता हवाईसेवा ठप्प छ। हवाई भाडा महँगो र यात्रु नपाउँदा बन्द हवाई सेवा पुनः सञ्चालन हुन नसकेको समिट एयरका बैतडी प्रतिनिधि कृष्णदत्त भट्टले बताए। उनले भने, ‘यात्रु अभावका कारण उडान हुन नसकेको हो, यात्रु नभएपछि हवाई सेवा बन्द भए