८ साउन, सिरहा । सिरहामा मिटरब्याजबाट पीडित भएको भन्दै एक समूहले प्रदर्शन गरेको छ । गोल बजारका सुदखोरका कारण दर्जनौं स्थानीयबासिन्दा घरबार बिहीन भएको उनीहरूको गुनासो छ । गृहमन्त्रालयले मिटर ब्याजीलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरे पनि कुनै कारबाही नभएकोमा उनीहरुले आक्रोशित छन् । प्रशासन नै मिटर ब्याज लिनेहरूसँग मिलेको उनीहरुको आरोप छ […]