मोतीपुर औद्योगिक क्षेत्र निर्माण हुने

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्तले बुटवलको मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम सुरु हुने बताउनुभएको छ । उहाँले मोतीपुर औद्योगिक क्षेत्रको नाममा रहेको सबै जग्गामा विवादका कारण सीमाङ्कन गरी एकै पटक काम अगाडि बढाउन नसकिने भएकाले विकल्पमा रहेको कम विवादित २७० बिघा जग्गामा औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढाउने सोचका साथ सहमति गरी काम अगाडि बढाएको बताउनुभयो । मोतीपुर औद्योगिक क्षेत्रभित्र स्थानीय बासिन्दाको समेत जग्गा परेपछि विवादका कारण निर्माणको काम रोकिएको थियो ।

सम्बन्धित सामग्री

स्मार्ट औद्योगिक क्षेत्र बनाउन कार्यदल

लामो समय बसोबास गरेका र लालपुर्जा भएका स्थानीयले जग्गा खाली नगरेपछि ६ वर्षदेखि अलपत्र बुटवल–१७ स्थित मोतीपुर औद्योगिक क्षेत्र निर्माणका लागि पहल सुरु भएको छ । पाँच वर्षभित्र निर्माण पूरा गर्ने गरी २०७२ चैत १ मा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरिएको हो ।