सिरियामा असदकै राज

सिरियामा चौथो कार्यकालका लागि राष्ट्रपति बसर अल असद अत्यधिक मतका साथ पुनः निर्वाचित हुनुभएको छ । उहाँको प्रतिस्पर्धामा अब्दुल्लाह सलम अब्दुल्लाह र महमुद अहमद मारेई चुनावी मैदानमा हुनुहुन्थ्यो । तर, दुवैजनाको मत नगन्य आयो । असदले ९५.१ प्रतिशत मत ल्याउनुभयो । यसअघि सन् २०१४ मा उहाँले ८८ प्रतिशत मत ल्याउनुभएको थियो । जतिसुकै चर्को आलोचना, गम्भीर आरोप र विरोध गरे पनि सिरियामा असदको विकल्प अरू कोही हुन सकेनन् । सन् २००२ देखि सत्तामा आउनुभएका असदलाई हटाउन सन् २०११ देखिको आन्दोलन गृहयुद्धमा परिणत हुँदा पनि सफल भएन ।