प्रधानमन्त्रीसहित सबै मन्त्रीले अंगदान गर्ने घोषणा

प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारका सबै मन्त्रीले अंगदान गर्ने घोषणा गरेका छन् । सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले अंगदान गर्ने प्रतिबद्धता जनाएको स्वास्थ्य मन्त्री विरोध खतिवडाले रातोपाटीलाई जानकारी दिए ।विश्व मृगौला दिवसका अवसरमा मृत्यु भएपछि प्रधानमन्त्रीसहित सबै मन्त्रीले अंगदान गर्ने घोषणा गरिएको मन्त्री खतिवडाको भनाइ छ ।

सम्बन्धित सामग्री

५० वर्ष माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण निशुल्क गर्ने सरकारको निर्णय

५० वर्ष माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण निशुल्क गर्ने सरकारले निर्णय गरेको छ ।मन्त्रिपरिषद्को आजको बैठकले ५० वर्ष भन्दा माथिका सबै नागरिकलाई वर्षमा १ पटक निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो ।त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारका सबै मन्त्रीले अंगदान गर्ने घोषणा गरेका छन् ।  बैठकमा प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले अंगदान गर्ने प्रतिबद्धता जनाएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले रातोपाटीलाई जानकारी दिए ।