नाम्खा गाउँपालिका–६ लिमीकी यङ्छो बुटी तामाङ भदौ दोस्रो साता चार दिन लगाएर हुम्ला सदरमुकाम सिमकोट पुगिन् । नागरिकता बनाउनैका लागि जिल्ला सदरमुकाम आएकी उनी घर भने तीन दिन हिँडेर पुगिन् । ‘उताबाट आउँदा चार दिन हिँड्नुपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘यहाँबाट गाउँ जाँदा भने तीन दिनमा पुगिन्छ ।’ नागरिकता लिन एक साता पैदल हिँडेकी तामाङको १० हजार रुपैयाँ पनि खर्च भयो ।